काठमाडौं–सुशासन, आर्थिक पक्षमा जेरो टोलोरेन्स र प्रहरीको आचरण व्यवहारमा सुधार गरी गुणस्तरीय प्रहरी सेवा प्रवाह गर्ने आङ्खनो एक मात्र उद्धेश्य रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताएका छन् । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर र सामुदायिक सेवा केन्द्र बानेश्वरको संयुक्त आयोजनामा शनिबार आयोजित सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतना मुलक कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
कार्यक्रममा प्रमुख अतिथी पोखरेलले आर्थिक अनियमितता, भष्ट्राचारलाई निर्मुलपार्न नसकिए मुलुकमा सुशासन र आर्थिक समृद्धि आउन नसक्ने भएकाले प्रहरीले दिने सेवा प्रवाहमा कुनै कर्मचारी आर्थिक अनियमीततामा संलग्न भएमा आफुले त्यसलाई कहिल्यै माफी नगर्ने कारवाही गरेरै छाड्ने बताए । सुशासन, समृद्धि र दिगो शान्तिको लागि सरकारले जुन आकांक्षा बोकेको छ त्यो पूरा गर्न तपाई हाम्रो भूमिका पनि जरुरी छ भन्दै हाम्रा आकांक्षाहरूमा सरकारको भूमिका मात्र खोज्ने प्रवृत्तिले देश बन्न नसक्ने र सरकारको आकांक्षामा मेरो भूमिका कहा छ भनी खोजी गरिनुपर्ने बताए ।
गलत साथी संगतिका कारण युवाहरूमा लागुऔषध दुर्व्यसनी भयाबह रूपमा देखिएको भन्दै त्यसलाई न्यूनीकरण गर्न परिवारकै सदस्यहरू लाग्नु पर्ने बताए । आङ्खना बालबच्चालाई पर्याप्त समय दिई उनीहरू कहाँ जान्छन, के गर्दैछन, किन के का लगी खर्च माग्दैछन् भनेर बेलैमा सचेत भएमा दुव्र्यसनीमा नफस्ने उनले बताए । बाहिर निस्किदा सुगन्धित सडक, मर्यादित समाज, आचरण व्यवहारले समुन्नत नागरिक शान्त(सुरक्षित समाज बनाउने कुरामा पनि योगदान दिनु पर्दछ भन्ने कुरा कहिले पनि नभुल्नुस भनि स्मरण गराउदै महिला हिंसा, बलात्कारका वा आत्महत्याका घटना रोकथाम गर्न निरन्तर जागरणबाट मात्र संभव नभएकाले यस्तो घटना रोकथाम, नियन्त्रण गर्न नै समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याईएको जानकारी दिंदै यस प्रकारको कार्यक्रमले हामी सबैलाई बढि भन्दा बढि जिम्मेवार र कर्तव्य उन्मुख बनाउने कुरा प्रमुख अतिथि पोखरेलले बताए ।
कार्यक्रममा प्रा.डा. वासुदेव त्रिपाठी, स्थानिय प्रतिनिधिहरूले मन्तव्य राखेका थिए । यसै गरी मानव सेवा आश्रमका कलाकारहरू र अचेल नाट्य समुहका कलाकारहरूले लागुऔषधको सेवनले समाजमा पार्ने नकरात्मक प्रभाव र कसरी लागुऔषधको कुलतमा पर्दछन भनी जनचेतनामुलक नाटक प्रदर्शन गरेका थिए ।