काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।
बैठकमा सांसदहरूले केन्द्र र स्थानीय सरकारबीचको समन्वय प्रभावकारी नहुँदा फोहरले सडकमा सवारी जाम हुने स्थिति उत्पन्न भएको टिप्पणी गरे ।
नेकपा ९एमाले० का सांसद योगेश भट्टराईले काठमाडौंमा फोहोर नउठेको आज १४ दिन भइसक्दा पनि सरकारबाट कुनै पहल नभएको जनाउँदै काठमाडौँवासीमा हैजा र झाडापखाला हुन सक्ने खतरा उत्पन्न भएको बताए ।
उनले सांस्कृतिक सहर काठमाडौंको विकासका लागि एमालेसँग सहकार्यमा आउन महानगर प्रमुख बालेन्द्र शाहलाई आग्रह पनि गरेका थिए । एमालेका सांसद भूमि त्रिपाठीले पनि काठमाडौंका सडकमा देखिएका फोहरका थुप्रोले यहाँको सभ्यतामा प्रश्नचिह्न खडा गरेको बताए ।
बैठकको शून्य र विशेष समयमा सांसदहरूले राष्ट्रिय सरोकारका विषयमा ध्यानाकर्षण गराएका थिए । सांसद राजन केसी, निरु पाल, रामवीर मानन्धर, हितबहादुर तामाङ, यज्ञराज सुनुवार, प्रेम सुवाललगायतले विविध विषयमा ध्यानाकर्षण गराएका हुन् ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९ १५:३७