काठमाडाैं - साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरेको छ ।
सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई २०७९ श्रावण २६ गतेको सदस्य सचिवस्तरीय निर्णयानुसार समान श्रेणी, पद र सुविधा कायम रहने गरी सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको हो ।
आज आयोजित एक कार्यक्रममा राखेपका तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले श्रेष्ठलाई कार्यकाल सफलताको शुभकामनासहित नयाँ जिम्मेवारीको पत्र प्रदान गरेका छन् ।
नेपाल भारोत्तोलन सङ्घका अध्यक्ष राम श्रेष्ठले श्रेष्ठलाई शुभकामना प्रदान गर्नुभयो । विसं २०४१ मा सहायक प्रशिक्षकको रुपमा करारमा परिषद्को सेवामा प्रवेश गर्नुभएका श्रेष्ठ विसं २०६१ मा स्थायी भएका थिए ।
ललितपुर जिल्ला खेलकुद विकास समितिमा कार्यरत श्रेष्ठले राष्ट्रिय खेलाडीलाई प्रशिक्षण गर्दै आइरहेका छन् ।
प्रकाशित मिति: आइतबार, साउन २९, २०७९ २०:१६