काठमाडौं - नेपालको अग्रणी अनलाइन बजार, दराजले दराजमल फेस्टमा विभिन्न ब्रान्डमा विशेष छूट हुने घोषणा गरेको छ।
ग्राहकहरुलाई विशेष छूट मूल्यहरुमा आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको लागि श्रावन ३०, १५ अगस्ट, २०२२० देखि दराजमल फेस्ट सुरु गरेकाे घोषणा गरेको हो।
यस अभियानले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुने कम्पनीकाे भनाइ छ । आयाेजकका अनुसार यसमा मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, रु ७००० सम्मको भाउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेको छ।
दराजमल, दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिंग मल रहेकाे जसमा सोनी, सामसंग,गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ५०० भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित रहेका कम्पनीले जनाएकाे छ ।
विगतमा जस्तै, ग्राहकहरुले दराजमल फेस्टमा बैंक डेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्री पेमेन्ट गर्दा थप १५ ५ रु ७५० सम्म छुट पाउन सक्ने बताइएकाे छ ।
बैंक डेज अफरमा
मंगलबार -ग्लोबल ई एम ई बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५५ रु ७५० सम्मको छुट र डेबिट कार्ड भुक्तानीमा १०५ ५०० सम्म छुट
बिहीबार -मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५५ छुट र डेबिट कार्ड भुक्तानीमा १०५ रु ५०० सम्म छुट
शुक्रबार - नबिल बैंकबाट डेबिटरक्रेडिट कार्ड भुक्तानीमा १०५ छुट (अधिकतम रु ५००)
शनिबार- स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिटरक्रेडिट कार्ड भुक्तानीमा १०५ छुट (अधिकतम रु ५००)।
दराजका नयाँ प्रयोगकर्ताहरूले पहिलो अर्डरमा रु२००को भाउचर प्राप्त गर्न सक्नेछन् भने दराज गेम्स, दराज लाइभ र सेलर भाउचर मार्फत थप छुट पनि पाउनेछन्।
प्रकाशित मिति: सोमबार, साउन ३०, २०७९ १९:५२