काठमाडाैं - वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि ले श्रावणको अन्तिम सोमबार पशुपतिनाथसम्म निःशुल्क स्वास्थ्य शिविर सेवा प्रदान गरेको छ ।
लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल , वृज सिमेन्टको संयुक्त आयोजनामा श्रावणको अन्तिम सोमबार सुन्दरीजल देखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भत्तजनहरुलाई नि:शुल्क खानेपानी , स्वास्थ्य शिविर , फलफुल जुस लगायतका सेवा प्रदान गरेको हाे ।
विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भत्तजनहरुलाई १५० जना स्वयंमसेवकहरुद्वारा ८ स्थानमा सेवा प्रदान गरिएको जनाइएकाे छ । यसका साथसाथै पशुपतिनाथमा भत्तजनहरुलाई निःशुल्क स्वस्थ्य परिक्षण समेत गरेको आयाेजकले बताएकाे छ ।
स्वास्थ्य शिविर क्याम्पमा आँखा , दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परिक्षण गरिएको थियो । उक्त्त स्वास्थ्य शिविरका अनुसार करीब २००० धर्मावलम्बीहरुले यस स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षण गराएका थिए ।
श्रावणको सोमबार देशभर महादेबको बिभिन्न मन्दिरहरुमा पुजा अर्चना गरिन्छ र सोमबार बिशेष रुपमा पशुपतिनाथ , डोलेश्वर महादेव, हलेशी लगायत देशभरका बिभिन्न स्थानमा पुजा अर्चना गरिन्छ ।