एजेन्सी - आर्मेनियाको राजधानी येरेभानको एक बजारमा ठूलो विस्फोट भएकाे छ । उत्त विस्फोटमा परि कम्तिमा छ जनाको मृत्यु भएको छ ।
साे विस्फोटमा परि १७ जना अझै बेपत्ता भईरहेको देशको आपतकालीन अवस्था मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २८ जना अझै अस्पतालमा भर्ना छन् । विस्फोट पछि तीन तले भवन ध्वस्त भएको छ ।
आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले उद्धार कार्यको निरीक्षण गरेका समेत गर्नु भएको छ । घटनाको कारणबारे अनुसन्धान जारी रहेका स्राेतले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ ०८:४३