काठमाडाैं - निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ ।
यही ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सीमा आजबाट समाप्त हुन लागेको हो ।
आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
राष्ट्रिय मान्यता प्राप्त दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतले आयोगमा दल दर्ता गरे पनि काँग्रेसले अझैसम्म दर्ता नगरेको आयोगले जनाएको छ ।
राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहहरु मध्ये सत्तारुढ दल नेपाली काँग्रेसले आज दल दर्ताका लागि निवेदन दिने तयारी गरेको छ।
सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ ०९:१९