एजेन्सी - स्पेनिश ला लिगा फुटबल लिगमा साविक विजेता रियल मड्रिडले नयाँ सिजनको पहिलो खेलमै जीत निकालेको छ । आज बिहान भएको खेलमा घरेलु टोली अलमेरियालाई रियलले २-१ गोलको जीत निकाल्दै सुखद सुरुवात गरेको हो ।
खेल सुरु भएको छैटौं मिनेटमै बेल्जियम सेन्टर फरवार्ड लार्जी रामाजानीले गोल गर्दै अलमेरियालाई अग्रता दिलाएका थिए ।पहिलो हाफ १-० गोलले पछि परेको रियलले दोस्रो हाफको ६६औं मिनेटमा राइट ब्याक लुकास भास्कवेजले कप्तान करिम बेन्जामेको पासलाई गोल गर्दै रियललाई बराबरीमा पुर्याएका थिए ।
खेलको ७५औं मिनेटमा रियलले पाएको फ्रि किकलाई सेन्टर ब्याक डेभिड अलावाले सिधै प्रहार गर्दै गोल गरेपछि रियलले पुनरागमन जीत निकाल्न सफल भएको हो ।यो जीत सँगै रियल मड्रिडले आफूलाई नयाँ सिजनको दावेदारको रुपमा प्रस्तुत गर्दै तीन अंक जोडेको छ ।
यता बार्सिलोना राओ भालेकानोसँग गत शनिवारको खेलमा बराबरीमा रोकिएपछि नयाँ सिजनको पहिलो चरणमै रियल बार्सालाई पछि पार्न सफल भएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन ३१, २०७९ ०३:३२