काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाबाटै चुनावमा उठ्ने बताएका छन् ।
महामन्त्री शर्माले काठमाडौं–५ बाट चुनाव उठ्न चाहेको भनेर आएका समाचारप्रति स्पष्ट पार्दै आफू झापा–१ बाटै चुनाव लड्ने बताएका हुन् ।
०७४ मा यो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका नेता राम कार्की निर्वाचित थिए । शर्माले कार्कीलाई साथै लिएर झापामै उम्मेदवार बन्ने बताएका छन् ।
‘फेरि प्रस्ट्याउँ–बाग्मतीको किनारलाई श्रद्धापूर्वक ढोग्ने हो । तर मान्छे म मेची र निन्दा किनारकै हो । काठमाडौं–५ मा चुनाव प्रचारमा पुग्नेछु नै । तर उम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु,’ शर्माले ट्वीट गर्दै भनेका छन्, ‘प्रेम उता घरजम यता कुरै हुन्न ।’