काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको टी–ट्वान्टी खेलाडीको वरियतामा नेपालका ४ खेलाडी समावेश भएका छन् । आईसीसीले शनिबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका चार खेलाडी परेका हुन् । नयाँ वरियतामा पूर्व कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने अटाएका छन् ।
वरियताको अलराउण्डरतर्फ पारस २५ औं स्थानमा यथावत रहेका छन् । पारस अलराउण्डरमा भारतीय कप्तान विराट कोहली, अफगानिस्तानका राशिद खान, भारतका हार्दिक पाण्डय, दक्षिण अफ्रिकाका क्रिस मोरिस, वेष्ट इण्डिजका आन्द्रे रसेल भन्दा अघि रहेका छन् ।
यस्तै अलराउण्डरतर्फ करणको वरियता घटेको छ । यसअघि ७४ औं स्थानमा रहेका उनी नयाँ वरियतामा ७५ औं स्थानमा रहन सफल छन् ।
सोमपालको अलराउण्डर वरियता पनि घटेको छ । सोमबार ६८ औं स्थानमा रहेका छन् । यस्तै पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् । ब्याटिङतर्फ ६० औं स्थानमा यथावत रहेका छन् ।
बलिङको वरियतामा सन्दीप मात्र अटाएका छन् । सन्दीप यथावत रहदै ८४ औं स्थानमा रहेका छन् ।