काठमाडौं- राप्ति नदीमा डुंगा दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । दाङको लमही नगरपालिका–९ बाट डुंगा चढेर राप्ती नदी पारी राजपुर गाउँपालिका–७ स्थित सिक्टा माध्यमिक विद्यालयमा अध्ययनका लागि जान डुंगामा चडेका विद्यार्थीहरु घाइते भएका हुन् ।
बिहीबार बिहान साढे ९ बजे डुंगा पल्टिँदा २५ जना विद्यार्थी नदीमा खसेको र त्यसमध्ये तीन जना विद्यार्थीले पानी खाएका कारण अवस्था जटिल रहेको प्रहरीले जनाएको छ ।
राजपुर गाउँपालिका-७ राताकाँसका दिनाराम विकले डुंगा चलाएको प्रहरीले जानकारी दिएको छ ।विद्यालय जान थालेका विद्यार्थी सवार डुँगा पल्टिएपछि उनीहरूको कापी, किताब, झोला सबै भिजेका छन् ।डुंगा पल्टिएको देखेपछि स्थानीयले बालबालिकाको उद्धार गरेका थिए ।