काठमाडौं-सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी) ले सञ्चालन गरेको मेरो शेयरको वेबसाइट बेलुका ५ः३० बजेबाट अवरूद्ध हुने भएको छ ।
डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरूद्ध हुने सिडिएसिसीले जनाएको छ ।
सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भरमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा बन्द हुने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २, २०७९ १६:०१