काठमाडौं– नेपाली फिल्म क्षेत्रका थोरै भाग्मानी ‘हिरो’ अर्थात अभिनेतामध्ये पर्छन् सविन श्रेष्ठ । यो क्षेत्रमा प्रवेशसँगै उनलाई फिल्मको खा“चो भएन । सविनले जब फिल्म ‘अन्दाज’बाट डेब्यू गरे, तब आफूले अन्दाज गरेभन्दा बढी व्यस्त भए । यसै कारण उनलाई ‘भाग्यमानी हिरो’ भनिएको हो ।
सविन त्यो दिन स्मरण गर्दै भन्छन्, ‘मैले सुरुमै रेखा थापाको प्रोजेक्टमा काम गर्ने अवसर पाएँ, त्यसपछि मलाई फिल्मको खाँचो भएन ।’ सविनले हालसम्म दुई दर्जनभन्दा बढी फिल्म गरिरसकेका छन् । उनी अभिनीत फिल्म अधिकांश सफल मानिएका छन् ।
हाल आफ्नै पोजेक्टमा फिल्म गर्ने तयारी गरिरहेका सविनको फिल्मयात्रा भने टेलिफिल्म र म्युजिक भिडियोबाट सुरु भएको हो । जतिबेला उनी टेलिफिल्म र म्युजिक भिडियोमा ब्यस्त थिए, त्योबेला टेलिफिल्मको ‘क्रेज’ थियो । यो सन् २००२ तिरको कुरा हो ।
‘घरबेटी बा’, ‘क्याटमाण्डु’, ‘कलेज’जस्ता टेलिफिल्मबाट चर्चा कमाइरहेका बेला उनी रेखा फिल्मस्को नजरमा परेका हुन् । फिल्ममा आफ्नो डेब्यूबारे अभिनेता सविन अहिले भन्छन्, ‘म फिल्ममा आउनुअघि टेलिफिल्म र म्युजिक भिडियोमा व्यस्त थिएँ, त्यतिखेरै रेखा फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्म ‘अन्दाज’का लागि तारगेटमा परेको रहेछु ।’
फिल्म ‘अन्दाज’मा हिट पनि भयो । उक्त फिल्म हिट भएसँगै सविन व्यस्त अभिनेतामा गनिन थाले । त्यसपछि लगातार सविनले रेखा फिल्मस्कै दुईटा फिल्म गरे । ‘अन्दाज’पछि ‘रावण’, ‘हमेशा’ ‘रामप्यारी’, ‘हवल्दार सुन्तली’जस्ता हिट फिल्म दिएका सविन भन्छन्, ‘मैले रेखासँगै छविराज पोडक्शनको फिल्म गरँे, ती फिल्मबाट राम्रो रेश्पोन्स पाएँ ।’
अभिनेता सविन हेर्दा चक्लेटी भएपनि ‘एक्शन हिरो’का रूपमा चिनिन्छन् । उनी अभिनति अधिकांश फिल्म एक्शन जनराकै छ । उनी आफैपनि आफूलाई एक्शन भूमिकामै सुहाउने बताउँछन् । टेलिफिल्म र म्युजिक भिडियोहरूमा अभिनय तथा मोडलिङ गरेर ग्ल्यामरस क्षेत्रमा चिनिएपछि फिचर फिल्ममा उदाएका कारण दर्शकलाई सविन ‘चक्लेटी हिरो’ सम्झिन्छन् । तर, उनका फिल्म हेर्ने दर्शकले भने सविनलाई ‘एक्शन हिरो’ नै मान्छन् । उनले लगातार फिल्म पाउनुको कारण पनि यही हो, जबकि उनले अभिनय गरेका अधिकांश एक्शन फिल्म दर्शकले रुचाए । र, त्यो बेला नेपाली फिल्मको टे«ण्ड पनि एक्शन जनरामै थियो ।
हुन त नेपाली फिल्मको ट्रेण्ड के हो ? र, कतिखेर टे«ण्ड चेञ्ज हुन्छ भन्ने थाहै हुँदैन । तैपनि सविनले नेपाली फिल्ममा एकपछि अर्को हिट फिल्म दिइरहेका बेला नेपाली फिल्म क्षेत्रका एक्शन अभिनेता भनिएर चिनिएका विराज भट्टले हराउँदै थिए । त्यसैले कतिपयले सविनलाई विराजको त्यसैले कतिपयले सविनलाई विराजको ‘रिप्लेस’ समेत भन्न भ्याए । तर, वास्तवमा उनी रिप्लेस थिएनन् किनकि, सविनको फिल्मी करिअरको सुरुवात नै यस्तो थियो, त्यो बेला नेपाली फिल्म क्षेत्रमा नयाँ हिरोको आवश्यकता खट्किएको थियो ।
हुन त नेपाली मिडियामा हिरोहरूको स्टोरी खाशै लेखिँदैन । तर, नेपाली फिल्म टिकाउने भने उनै हिरो अर्थात अभिनेताहरू हुन् । यसको एक उदाहरण हुन् सविन । सविनले लगातार दुई दर्जनभन्दा बढी हिट फिल्म दिए, तर हिरोइनको जस्तो ठूला–ठूला पम्प्लेट साइजको फोटो पत्रिकामा आएन । तर, ‘काम गर्नेहरूलाई प्रचारको आवश्यकता हुँदैन’ भन्ने मान्यतालाई शिरोधार्य गर्दै अगाडि बढेका अभिनेता सविन भन्छन्, ‘प्रचार नै ठूलो कुरा होइन, सबैभन्दा ठूलो कुरा काम र दर्शक हुन् । दर्शकबाट माया पाएरै यहाँसम्म आइपुगेको छु ।’
काठमाडौं डल्लूका स्थानीय अभिनेता सविनले तीन दर्जनभन्दा बढी त म्युजिक भिडियोमै मोडलिङ गरेका छन् । उनी म्युजिक भिडियोमा रुचाइएका मोडलमध्ये एक हुन् । तर, पछिल्लो समय फिल्ममा व्यस्त भएका कारण कम मात्र भिडियो गर्न पाएको सविनले बताए । यहाँसम्म आइप्ुग्दा उनी आफ्नो पेसाबाट सुन्तुष्ट छन् । आफूलाई ‘फुलटाइमर फिल्मकर्मी’ भन्न रुचाउने सविन भन्छन्, ‘दर्शकको माया र साथ पाइरहेको छु । यसैमा सन्तुष्टि छु ।’ नेपाली फिल्म क्षेत्रमा पु¥याएको योगदान अनुरूप विभिन्न अवार्ड र सम्मानहरू पनि उनले पाएका छन् । उनले नेफ्टा फिल्म अवार्ड, एलजी डि–सिने अवार्ड, बक्स अफिस फिल्म अवार्डजस्ता अवार्ड र सम्मानहरू पाइसकेका छन् ।’