काठमाडौं– पञ्चकन्या गु्रपले सीपीभीसीको नयाँ दुई ग्रेडको फ्लेम प्रो पाईप तथा फिटिङ्गस् र ट्रान्सपरेन्ट फिटिङ्स नेपाली बजारमा भित्र्याएको छ । उक्त ग्रेडका पाईपहरू नेपाली बजारमा भित्र्याएको जानकारी दिनका लागि ग्रुपले एक पत्रकार सम्मेलन आयोजना गरेको थियो । साथै आगो प्रतिरोधात्मक, जडान गर्न सजिलो, नन–कोरोसिब, केमिकल तथा यू.भि. रेसिष्टेण्ट जस्ता गुणहरूले युक्त भई वातावरण हिसावले अनुकूल, तुलनात्मक रूपले किफायती र सस्तो भएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, ट्रान्सपरेन्ट फिटिङ्स तातो चिसो पानीको लागि अति उत्तम, पारदर्शी, जडान गर्न सजिलो हुनुका साथै जडान गर्न महगो सामग्री नचाहिने, सामान्य सीपीभीसी पाईप भन्दा बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताका हुन्छन् । यो उत्पादनलाई प्लम्बिङ सिष्टममा नयाँ बिकल्पको रूपमा लिन सकिने कम्पनीले जनाएको छ । यी दुवै उत्पादन जापानीज कम्पनीको उत्पादन भएको हुनाले ५० वर्षसम्म टिकाउ हुने पनि कम्पनीले जनाएको छ ।