काठमाडौं-घरेलु टोली वेस्टइन्डिजलाई दोस्रो एकदिवसीय क्रिकेटमा ५० रनले पराजित गर्दै न्युजिल्याण्डले शृंखला १/१ को बराबरीमा ल्याएको छ ।
शनिबार बिहान दुई सय १३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज ३५.३ बलमा सबै विकेट गुमाउँदा मात्र एक सय ६१ रनमा समेटियो ।
उसका याननिची कोरियाले सर्वाधिक ५२ रन बनाए । यस्तै अल्जारी जोसेपले ४९ रन जोडे । न्युजिल्याण्डका टिम साउथीले ४ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ४८ ओभर २ बलमा सबै विकेट गुमाउँदै दुई सय १२ रन बनायो ।
उसका फिना एलेनले सर्वाधिक ९६ रन बनाए । यस्तै ड्यारियल मिचेलले ४१ रनको योगदान गरे ।
वेस्टइन्डिजका केभिन सिन्केलियरले ४ विकेट लिए । अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ ।
प्रकाशित मिति: शनिबार, भदौ ४, २०७९ ११:२७