काठमाडौं– सन्राइज बैंकले सर्वसाधारणमा बचत गर्ने बानीको विकास गराउने उद्देश्यका साथ सन्राइज रिकरिङ्ग खाता संचालनमा ल्याएको छ । उक्त खातामा बचत खातामा जसरी रकम जम्मा गर्दै जान सकिनेछ भने व्याज मुद्घति खाता सरह पाइनेछ । आवश्यकता अनुसार १ देखि ५ वर्षका लागी बचत गर्न सकिने उक्त योजनामा दैनिक, साप्ताहिक वा मासिक रूपमा रकम जम्मा गर्न सकिनेछ । खाता खोल्दा न्यूनतम बचत रु. १००० र त्यसपछि एक पटकमा न्युनतम रु. ५०० वा ५०० को गुणाका दरले जम्मा गर्दै जान सकिने बैंकले जनाएको छ । सजिलो र सुरक्षित हिसाबले बचत खाताको पैसा नियमित रूपमा मुद्घति खातामा जम्मा हुँदै जाने र मोवाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गबाट पनि सजिलै पैसा जम्मा गर्न सकिने बैंकले जनाएको छ ।
उक्त खातामा पूर्व निर्धारित भन्दा बढी रकम ग्राहकको अनुकुलता अनुुसार पटक–पटक गरि जम्मा गर्न सकिनेछ । यस खाताको अर्को आकर्षण भनेको त्रैमासिक रूपमा प्राप्त हुने व्याज व्यक्तिगत मुद्घति खाता सरहको उच्च व्याज पाउनु हो । साथै आवश्यक पर्दा उक्त खातामा जम्मा भएको रकमको ९० प्रतिशत सम्मकर्जा लिन पाइने पनि बैंकले जानकारी दिएको छ ।