काठमाडाैं - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार आवश्यक भएको बताएका छन् ।
झापाको बिर्तामोडमा प्रोग्रेसिभ इञ्जिनियर एशोसिएसन नेपालको प्रदेश भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशलाई बर्बादीबाट बचाउनको लागि आगामी निर्वाचनमा मालेको सरकार बन्नुपर्ने आवश्यक भएको टिप्पणी गरेका छन् ।
गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भएको उनले भनाइ छ । अध्यक्ष ओलीले आउँदो मंसिर ४ गतेको निर्वाचन देशलाई अघि बढाउन र सार्वभौमसत्ता दिलाउनका लागि महत्वपूर्ण हुने बताएका छन् ।
आगामी निर्वाचनपछि एमाले बाहेकको सरकार भए लोकतन्त्र नै समाप्त हुने उनको भनाइ छ । अध्यक्ष ओलीले नागरिकता संसोधन सम्बन्धी विधेयकबारे राष्ट्रपतिले पठाएको पत्रमाथि गठबन्धनले अध्ययन र छलफल नै नगरेको बताए ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ ०७:५६