काठमाडाैं- नेपाली होटल व्यवसायी संघको अध्यक्षमा गणेश ढकाल निर्वाचित भएका छन् ।
काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा व्यवसाय गर्ने होटल व्यवसायीहरुको साझा संस्था नेपाली होटल व्यवसायी संघको अध्यक्षमा शनिबार बसुन्धाराको दियालो पार्टी प्यालेसमा भएकाे २० औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट गणेश ढकाल सर्वसम्मत चयन भएका हुन् ।
सम्पन्न भएकाे संघकाे २०औँ वार्षिक साधारणसभा एवं १२औँ अधिवेशनबाट ढकालको नेतृत्वमा १८ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको जनाइएकाे छ ।
संघकाे प्रथम उपाध्यक्षमा काजीबहादुर कटुवाल, द्वितीय उपाध्यक्षमा प्रकाश राई, महासचिवमा समदेन (दीपक) लामा, सचिवमा चन्द्रबहादुर गोदार, कोषाध्यक्षमा इन्द्रप्रसाद ढकाल र कोषाध्यक्षमा दुर्गा थापा निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा शेरबहादुर विष्ट, पुष्पराज तामाङ, शेरबहादुर कार्की, अम्बर रिजाल, यामबहादुर राना, जयलाल श्रेष्ठ, प्रेमबहादुर सिंजाली, देवराज घिमिरे, शोभाखर न्यौपाने, लिलावल्लभ पराजुली र भूपराज दाहाल भएका छन् ।
होटल व्यवसायीको हक, हित र अधिकारका लागि लड्ने उद्देश्यले विस २०५७ मा स्थापना भएको नेपाली होटल व्यवसायी सङ्घमा चार सय व्यवसायी आवद्ध छन् ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ ०८:४१