चितवन – पुरानो मेडिकल कलेज चितवन र उद्योग वाणिज्य संघ चितवनबीच आपसी सहकार्यसम्बन्धी स्मरणपत्र नवीकरण भएकोछ । गत बर्ष पनि उद्योग वाणिज्य संघका सम्पुर्ण बैध सदस्यहरूलाई निश्चित प्रतिशत छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको थियो । यस बर्ष उक्त स्मरणपत्र परिमार्जनसहित हस्ताक्षर भएको उद्योग वाणिज्य संघका स्वास्थ्य समिती प्रमुख शिरीष पन्तले बताए । सम्झौताअनुसार निजी क्षेत्रमा नेपालकै पुरानो मेडिकल कलेज चितवनमा उद्योग वाणिज्य संघ चितवनका वैध सदस्यहरूले २० प्रतिशत छुट पाउनेछन् । यस स्मरणपत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा. मनोहर प्रधान र निमित्त निर्देशक डा. राजेश यादव र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष सहन लाल प्रधान तथा स्वास्थ्य बिभाग प्रमुख शिरीष पन्तले हस्ताक्षर गरेका थिए ।