काठमाडौं- आज विहान ११ बजेटबाट सुरु हुने भनिएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको हिजो निधन भएको कारण आज संसद् बैठक स्थगित गरिएको हो ।
प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले आज सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् ।
बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सोमबारलाई सारिएको उनले जनाएका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो एक बजे बस्ने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ ११:२६