काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहेर प्रतितोला ९५ हजार ५ सय रूपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९५ हजार रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार १७० रूपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार १८५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ ११:४७