एजेन्सी- क्युबामा पनि मङ्कीपक्सका बिरामी फेला परेका छन्। देशमा पहिलोपटक इटालीका एकजना पर्यटकमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको शनिबार अबेर यहाँको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नाम सार्वजनिक नगरिएका ती पुरूष पर्यटक गत साउन ३० गते क्युबा आइपुगेका थिए । गम्भीररूपमा बिरामी भएका उनलाई अस्पताल भर्ना गरिएको उक्त मन्त्रालयले एक विज्ञप्ति निकालेर बताएको छ । बिरामी पर्यटक भाडाको घरमा बसेका थिए र उनले पश्चिमी क्युबाली प्रान्तका धेरै ठाउँको भ्रमण गरेका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १२:१२