काठमाडौं– सभामुख अग्नीप्रसाद सापकोटाले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी सभामुख सापकोटाले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको हो । स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा (माजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल सानेपा पुगेको थियो ।
श्रद्धाञ्जलीपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले गिरीको निधनले मुलुकले सिद्धान्त, निष्ठवान र अध्ययनशील व्यक्तित्व गुमाएको बताए ।
उनले भने, “प्रदीपजीले तुलनात्मक अध्ययन गरेर समाजवाद नै उत्कृष्ट व्यवस्था हो भन्ने निक्र्योल गर्नुभयो । नेपाली राजनीतिप्रति चिन्ता व्यक्त गर्नुहुने उहाँले समाजवादी शक्तिलाई अघि बढाउन योगदान पु¥याउनुभएको छ ।”
नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो । उनिप्रति श्रद्धाञ्जली अपर्ण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ । उनको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पु¥याइएको हो । गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १३:१९