काठमाडाैं - जापानका प्रधानमन्त्री फुमियो किशिदा कोरोना सङ्क्रमित भएका छन्।
प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरूले जनाएअनुसार उनमा सङ्क्रमणसँगै हल्का लक्षणहरू पनि देखिएको छ।
उनी अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहनुभएको छ । उनीलाई शनिबार राति हल्का ज्वरो र खोकी जस्ता लक्षणहरू देखिएको थियो ।
जापानको स्थानीय सञ्चारमाध्यम क्योडो नेले जनाएअनुसार ६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग करिब साता लामो गर्मी बिदा मनाएर सोमबारदेखि नियमित काममा फर्किने कार्यक्रम तय गरिएको थियो ।
उनमा शनिबारदेखि सङ्क्रमणको लक्षण देखिन थालेपछि अहिले आराम गरिरहेको छ। जापनामा पछिल्ला दिनहरूमा कोरोना सङ्क्रमण तीव्र हुँदै गएको छ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १७:५७