काठमाडाैं - महालक्ष्मी विकास बैंकको तीजमा “नारी सम्मान अभियान” सार्वजनिक भएकाे छ । महालक्ष्मी विकास बैंकले हरितालिका तीज -२०७९ को अवसरमा नारीलाई लक्षित गरेर “नारी सम्मान अभियान” सार्वजनिक गरेको हाे ।
भदाै महिनामा गृहलक्ष्मी बचत खाता खोल्ने नारीलाई सम्मान स्वरुप निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङका साथसाथै लकर सेवामा ५०% छुट प्रदान गरिने कुरा बैंकले जनाएको छ ।
बैंकका अनुसार विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएकोले नारीहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै नारी सम्मान अभियान ल्याएको हो ।
देशैभर छरिएर रहेका १०३ शाखाहरुमार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जानकारी दिएकाे छ ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १८:४९