काठमाडौं- आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ । हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउने गरि “दराज वालेट डे” अफरकाे व्यवस्थामा सम्झौता भएको हाे ।
सम्झाैताअनुसार प्रयोगकर्ताहरुलाई हरेक बुधबार आइएमई पे एपको १०% छुट (रु. ३५० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने छ ।
यस अघि पनि आइएमई पे दराजको भुक्तानी पार्टनर रहि यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु र यसै ‘दराज वालेट डे’ को पहिलो संस्करण पनि रहेकाे जनाइएकाे छ ।
दराज नेपाल र आइएमई पेबीच फाल्गुन १३ गते आइएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाऊन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७९ १८:५८