काठमाडौं-नेपाली बजारमा सोमबार सुन तोलामा २ सयले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रूपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९५ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार १६५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार १७० रूपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९ ११:०६