काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई गाली हाेइन प्रोत्साहन गर्नुपर्ने बताएका छन् ।
आइतबार ज्ञानोदय माविको ३५ कोठे भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन् ।
मन्त्री पौडेलले शिक्षा सुधार गर्ने जिम्मेवारी शिक्षकको भएको बताउँदै उनीहरूलाई गाली गरेर नभई अधिकार, माया र प्रोत्साहन गर्नुपर्ने तर्क गरेका छन् ।
उनले सार्वजनिक शिक्षा सुधारका लागि शिक्षक ‘होम टु भिजिट’ को प्रक्रिया थाल्नुपर्ने सुझाए ।
‘शिक्षकलाई संस्थागत विद्यालयले भन्दा निजीले सेवा सुविधा कम दिएका छन्’ मन्त्री पौडेलले थपे । कम सेवा सुविधा भएपनि शिक्षकको मेहनतले विद्यार्थीको आकर्षण निजीमा भएको देखिएकाे उनले बताए ।
प्रकाशित मिति: सोमबार, भदौ ६, २०७९ १८:४३