काठमाडौं - नेपाली बजारमा मंगलबार सुन तोलामा २ सय रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन बढेर प्रतितोला ९५ हजार ५ सय रूपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला ९५ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै यसदिन तेजावी सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँ निर्धारण भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा ५ रूपैयाँले घटेर प्रतितोला १ हजार १६० रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार १६५ रूपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९ ११:४९