काठमाडौं- पोखरा महानगरपालिका–२५का विश्वराज बाँस्तोला अमेरिकी राष्ट्रपति गोल्ड मेडल अवार्डबाट सम्मानित भएको छ ।
अमेरिकाको न्युयोर्क राज्यमा नेपाली तथा अमेरिकन समाजलाई कोरोना महामारीको समयमा रक्तदान कार्यक्रम तथा विविध मानवीय योगदान पुर्याएकोमा उनलाई सो अवार्डबाट सम्मानित गरेको हो ।
अमेरिकी राष्ट्रपति जो वाईडेनद्वारा हस्ताक्षरित सम्मानपत्रमा संयुक्त राज्य अमेरिकामा अफ्ठेरो पर्दा बाँस्तोलाले पुर्याएको मानवीय सेवालाई देशले मूल्याङ्कन गरेको उल्लेख छ ।
उक्त अवार्ड र सम्मानपत्र नेपाल–अमेरिका सम्बन्धको ७५ वर्ष पूरा भएको उपलक्ष्यमा न्यूयोर्कमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले प्रदान गरेको हो ।
विसं २०४४ देखि नेपाल विद्यार्थी सङ्घमा क्रियाशील उनी २०४६ सालको जनआन्दोलनसँगै २०६२÷६३ को आन्दोलनमा सक्रिय सहभागी छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९ १४:१३