काठमाडौं-फुटपाथ व्यापारीको काठमाडौं महानगरपालिका अगाडि विभिन्न माग राखेर आन्दोलन गरेका छन्। फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।
स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।
सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरूको राज्यले अभिलेखिकरण गरि परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरूलाई मापदण्ड बनाई समुचित व्यवस्थापन राज्यले गर्नुपर्ने उनीहरूको माग छ ।