काठमाडाैं - तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकले लकर सेवा शूल्कमा विशेष छुटको योजना सार्वजनिक गरेकाे छ । १५ वर्ष देखी अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिङ सेवा पुर्याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज २०७९ र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको हाे ।
यस योजना अन्तर्गत बैंकले भाद्र महिनाभरी लकर शूल्कमा ७०५ र लकर कि डिपोजि मा ५०५ सम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा आदरणीय ग्राहकहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट पनि प्राप्त गर्न सकिने जनाएकाे छ ।
यस सुविधावापत आदरणीय ग्राहक महानुभावहरुले आफ्ना अमूल्य गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु सजस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नुहुनेछ । यसका साथै ग्राहकहरुकाे सहजताका लागी बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ र ईन्टरनेट बैंकिङ जस्ता सेवाहरु धेरै पहिले देखिनै प्रदान गर्दे आईरहेको छ ।
ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क , ई.के.वाई.सी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको बैंकले जनाएकाे छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ७, २०७९ १८:५४