काठमाडौं– सरिता गिरिले नेपाल सद्भावना पार्टी परित्याग गरेको घोषणा गरेकी छन् । उनले स्वर्गीय प्रदीप गिरिको अन्तिम इच्छाअनुसार आफू सद्भावना पार्टीबाट स्वतन्त्र भएको बुधबार एक पोस्ट मार्फत जानकारी दिएकी हुन् ।
‘म दिवंगत माननीय प्रदीपजीको राजनीतिक र सामाजिक रूपान्तरणको एजेन्डालाई अगाडि बढाउनका लागि उहाँको अन्तिम इच्छाअनुसार आफू नेपाल सद्भावना पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दछु,’ गिरिले फेसबुकमा लेखेकी छिन् ।
उनले नेपाल सद्भावना पार्टीलाई सदैव सद्भावना रहने पनि बताएकी छिन् । २०७४ सालदेखि सिरहा लहानमा बसेर काम गर्दै आएको दाबी गर्दै उनले त्यहीँका जनताबीच कर्मभूमि रहेको बताएकी छिन् ।
तर उनले आफूले प्रदीप गिरिको विरासत वा उत्तराधिकारीको दाबी नगरेको प्रष्ट्याएकी छिन् । उनले थप लेखेकी छिन्, ‘म प्रष्ट गर्न चाहन्छु म विरासत वा उतराधिकारको राजनीतिमा विश्वास गर्दिन न त प्रदीप दाइ गर्नु हुन्थ्यो । कर्मको राजनीति मेरो साध्य र साधन दुबै हुने छ ।’