एजेन्सी- भारतको विहार प्रदेशका सभामुख विजयकुमार सिंहले पदबाट राजीनामा दिएको छ । भारतीय जनता पार्टीका नेता समेत रहनु भएका सिहंले प्रदेश सभामा बहुमत परिक्षण हुने भएकाले राजीनामा दिएको हो । उनले आफ्नो जिम्मेवारी जेडीयु गठवन्धनका नेता नरेन्द्र नारायण यादवलाई दिएको छ ।
सत्तारुढ गठवन्धनले उनको विरुद्धमा अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेकाले उनले राजीनामा दिनु भएको पनि बताइएको छ । उनले आफू विरुद्ध संसदमा ल्याइएको अविश्वासको प्रस्ताव अवैधानिक भएको दाबी पनि गरेको छ । संसदमा पठाइएका नौ मध्ये आठ पत्र अवैध रहेको उनको भनाई छ ।
अवैध कामका कारण जनतामा नकारात्मक सन्देश गएको र थप नराम्रो देखिन सक्ने भएकाले आफूले राजीनामा दिएको उनले बताएका छन् । भारतीय जनता पार्टीबाट विहारको प्रदेश सभामा निर्वाचित सांसदहरुले संसद भवन वाहिर विरोध प्रदर्शन गरेका छन् ।
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९ १४:०९