काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह आजै कोटेश्वरको फुटपाथ र पार्किङको अनुगमनमा जाने भएका छन् ।
बुधबार बिहानैबाट न्यूरोड र दरबारमार्गमा खटिएका मेयर शाहसहितको टोली साँझ कोटेश्वर क्षेत्रको अनुगमनमा जाने भएको छ ।
महानगरपालिकाले न्यूरोड क्षेत्रमा नक्सापासविना बनाइएका ठूला मलहरुका संरचनामा डोजर लगाएको छ ।
बुधबार नै मेयर बालेन दरबारमार्ग पुगेर त्यस्ता संरचनामा बनाइएका पसल र क्याफेहरुका संरचना हटाउन निर्देशन दिएका छन् । सोही सिलसिलामा उनी बुधबार साँझ कोटेश्वर जान लागेका हुन् ।