काठमाडौं- नेप्से परिसूचक सेयर बजारमा आज बुधबार सामान्य सुधार भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से २.८७ अंक ९०.१४ प्रतिशतले वृद्धि भएर २०५७.८५ अंकमा बन्द भएको छ ।
आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ अर्ब ७३ करोड र मंगलबार १ अर्ब ३३ करोडको कारोबार भएको थियो । तर बुधबार कारोबार रकम डेढ अर्ब नाघेपनि औसतभन्दा तलै रहेको । नेप्सेमा बुधबार ३६ लाख ७८ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ५२ करोड ६१ लाख ८६ हजारको कारोबार भएको छ । जसमध्ये अरुण कावेली पावरको १६ करोड ९२ लाख ६६ हजारको कारोबार हुँदा अपी पावरको ८ करोड ८ लाख २५ हजार रिडी हाइड्रोपावरको ५ करोड ६४ लाख ६८ हजारको कारोबार भएको छ ।
मंगलबार कारोबार भएका मध्ये मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै रुरु जलविद्युत् कम्पनीको सेयरमूल्य ५.८६ प्रतिशले बढेको छ ।
यता सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य ३.५८ प्रतिशतले गिरावट भएको छ । यस्तै गोर्खाज फाइनान्सको सेयर मूल्य २.३६ प्रतिशत र एनएलजी इन्स्योरेन्सको सेयर मूल्य २.३१ प्रतिशतले घटेकोे छ ।
प्रकाशित मिति: बुधबार, भदौ ८, २०७९ १५:५०