बासको आयोजनामा महिला आत्मशुरक्षा बिषयक अभिमुखिकरण तालिम सम्पन्न भएको छ । महिला हिँसा बढिरहेका बेला महिलाहरुलाई आत्मसुरक्षा बारे सचेत गराउनका लागि अभिमुखिकरण आयोजना गरिएको हो । महिला अधिकारका क्षेत्रमा काम गर्ने महिला, सामाजिक परिचालक, सञ्चारकर्मी, सँघ, सँस्थाका महिला प्रतिनिधिहरु गरि ३० बढिको सहभागितामा उक्त तालिम सम्पन्न भएको हो । महिला आत्मसुरक्षा बिशेषज्ञ गिरी बहादुर सुनारले सहजिकरण गरेको तालिममा महिला हिँसा, हिँसाका कारण, प्रकार, परिणाम, महिला हिँसाको अवस्था, महिला असुरक्षा, महिला सुरक्षाका लागि स्वयं महिलाहरुले खेल्ने भूमिका, आत्मसुरक्षा, आत्मसुरक्षाका प्रकारहरुका बारेमा प्रशिक्षण दिईएको हो । अभिमुखिकरण पश्चात प्रतिकृया दिँदै तालिमकी सहभागि सुनन्दा द्धिवेदीले तालिम व्यवहारिक र प्रभावकारी भएको बताईन् । तालिम प्रभावकारी भएको बताउँदै तालिम अवधि बढाउनु पर्ने उनको प्रतिकृया थियो । कार्यक्रममा सहभागि पुष्पा सुनार, रितु राना, तारा के.सी., प्रेमा रोका, शर्मिला थापा, बृन्दा पाण्डे खरेल लगाएतले बोलेका थिए । उनीहरुले तालिमबाट आफ्नो आत्मसुरक्षा बारे व्यवहारिक सिप सिकेको बताए । बासका कार्यकारी निर्देशक नमस्कार शाहले सञ्चालन गरेको कार्यक्रममा नागरिक दैनिकका सम्वाददाता टेकनारायण भट्राईले तालिमको औचित्यका बारेमा बोलेका थिए ।