काठमाडाैं - बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहक महानुभावहरुलाई किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टमा ८% छुट गराउने सम्झौता भएको छ ।
बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई ८% छुट उपलब्ध गराउने सम्झौता भएको हाे ।
यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाण्डौंमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ ८% छुट पाउने बताइएकाे छ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने जनाइएकाे छ । किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्ट, अनामनगर, काठमाण्डौंबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ ०९:११