तिम्रो बारेमा गीत गाउछु............
तिम्रो बारेमा गीत गाउछु सबैले सुन्ने गरि
माया गर्ने मान्छेले माया चिन्ने गरि ।
जिन्दगी यो रमाई रमाई बितोस यहाँ
सत्य मायाको पहिचान होस यहाँ
हामि दुईको मिलनको यो क्षणमा
मैले चिने तिम्रो दिल भित्रको माया ।।
सजाएको छु मैले तिमीलाई यो दिल भित्र
सोच्ने गर्छु मैले तिमी बस्छौ मेरो मन भित्र
मन त डुलिरहन्छ, तिमीलाई सम्झिरहन्छ
आफ्नो मन बसमा कहाँ हुदो रहेछ।
तिम्रै बारेमा सोचेर म घुमिरहन्छु
तिमीलाई हेरेर यो मनलाई भुलाउछु
मेरो हरपलको सम्झनामा तिमी नै देखिन्छौ
मेरो दिलमा तिमीलाई सजाई सकेको छु।।
खोजि हेर्दा मेरो मनमा तिमी नै भेटिन्छौ
यो मनमा बसेकी तिमि नै छौ
तिमी मेरो दिलकि रानि म तिम्रो राजा
जिन्दगीको साथि तिमी हर सुख , दु:खमा ।
तिमी दु:खि भएको कहाँ देख्न सक्छु मैले
नियालेर हेर प्रिय मेरा आँखामा तिमिले
तिम्रो बारेमा गित गाउछु सबैले सुन्ने गरि
माया गर्ने मान्छेले माया चिन्ने गरि।।
-गोबिन्द राज ओझा (राजन), दिपायल सिलगढी न.पा. २ दिपायल डोटी