काठमाडौं– नयाँ आर्थिक वर्ष सुरु भई एक महिनाभन्दा बढी समय बितिसक्दा पनि ५२ वटा स्थानीय तहले अझै बजेट पेश गर्न सकेका छैनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ५२ वटा स्थानीय तहले आर्थिक वर्ष २०७९/८० को बजेट पेश नगरेका हुन् ।
हालसम्म चालु आर्थिक वर्षकोे बजेट पेश नगर्नेमा प्रदेश १ का २, मधेश प्रदेहका ३५, बागमती प्रदेशका ३, लुम्बिनी प्रदेशका ७, कर्णाली प्रदेहका ३ र सुदूरपश्चिम प्रदेशका २ स्थानीय तह रहेका छन् ।
हालसम्म गण्डकी प्रदेशको मात्र सबै स्थानीय तहले बजेट पेश गरिसकेका छन् ।
मन्त्रालयका अनुसार कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०१ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ १०:४४