काठमाडौं - शेयर बजार परिसूचक (नेप्से) झिनो अंकले बढेको छ । बिहीबार शेयर बजार २.८७ प्रतिशतले बढेको हो ।
बजार खुल्ला भएपछि बढेको शेयर बीचमा गिरावट आएको थियो । शेयर परिसूचक २ हजार ५७.८५ अंकमा पुगेको छ ।
जीवन बीमा कम्पनी समूहको ६३.३१ अंकले बढेको छ । ट्रेडिङ कम्पनी समूहको २२.२४ अंकले घटेको हो ।
आज ३६ लाख कित्ता शेयर किनबेच हुँदा एक खर्ब ५२ करोडको कारोबार भएको छ ।
बिहीबार सबैभन्दा धेरै कमाउनेमा मन्दाकिनी हाइड्रो पावर कम्पनी रहेको छ । जसको शेयर १० प्रतिशतले बढेको छ ।
त्यस्तै सिद्धार्थ इक्विटी फन्डले सबैभन्दा धेरै गुमाएको छ । जसको ३.५८ प्रतिशतले गिरावट आएको छ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ १७:१२