काठमाडाैं - महालक्ष्मी बैंकद्वारा उच्चतम ब्याजदरको महा बचत खाता सार्वजनिक गरेको छ । बैंकले आम ग्राहकहरुको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको हो ।
यस बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम ९% व्याजदर, निशुल्क एटिएम कार्ड तथा मोवाइल बैकिङ सुविधा प्रदान गरिने कुरा बैंकले जनाएको छ । बैंकका अनुसार न्यूनतम मौज्दात रु. ५०० मै खाता खोल्न सकिने यस बचत खातामा मासिक ब्याज भुक्तानी हुने छ ।
विगत देखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिवद्घ रहिआएको देशैभर छरिएर रहेका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने कुरा बैंकले जनाएको छ ।
यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ १७:५७