काठमाडाैं - सामसङ इलेक्ट्रोनिक्स ग्लोबल सीएफओ एचके पार्कले माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।
सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल प्रेसिडेन्ट तथा सिएफओ एच के पार्कले (CFO HK PARK) बुधबार नेपालको औपचारिक भ्रमणका क्रममा नेपालका माननीय प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका हुन्।
उक्त भेटमा पार्कसँग कम्पनीका अन्य वरिष्ठ अधिकारीहरूको पनि सहभागिता रहेको थियो।भेटका क्रममा पार्कले माननीय प्रधानमन्त्री देउवालाई सामसङले इलेक्ट्रोनिक्स उत्पादन, रिटेल र रोजगारी सिर्जनाका क्षेत्रमा गरिरहेको विभिन्न पहलका बारेमा जानकारी गराए।
उनले यस प्रकारको पहलहरूले भविष्यमा समुदाय, विशेष गरी नेपाली युवाहरूको हितमा काम गरिने सामसङको प्रतिबद्धता रहेको बताएका छन् ।
सामसङले आफ्नो स्थानीय साझेदार हिम इलेक्ट्रोनिक्स(गोल्छा समुह)सँग मिलेर नवलपरासीमा एलइडि टिभी उत्पादन गर्ने कारखाना संचालन गर्ने घोषणा गरिसकेको छ । नेपालमा इलेक्ट्रोनिक्स उत्पादनहरु गर्न यस नयाँ उद्योगबाट बल पुग्नेमा सामसङ विश्वस्त छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ १८:५२