काठमाडाैं - सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था गरेको छ ।
सानिमा बैंकले ग्राहकहरुलाई डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशत सम्मको छुट दिने व्यवस्था गरेको हाे ।
उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रा.लि., बाजेको केक, ओनेक्स ट्रेडिङ प्रा.लि.(द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्नेछन् ।
यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङबाट QR Code बाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम रु. १०० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।
सानिमा बैंकका अनुसार क्रेडिट कार्ड बैंकको वेबसाइट https://creditcard.sanimabank.com/credit-card/online-application मा लगइन गरी आवेदन दिन सकिन्छ ।
यो योजना २०७९ भाद्र ११ गते मात्र लागू हुने बैंकले जनाएकाे छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ १९:०३