काठमाडाैं - कुमारी बैंक र द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच सहकार्य सम्बन्धी सम्झौता भएको छ ।
कुमारी बैंक लिमिटेड र वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनबीच आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हाे ।
सो सहकार्यपश्चात् कुमारी बैंकका ग्राहकवर्गले वीरेन्द्रनगर, सुर्खेतस्थित द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनका विभिन्न आउटलेट तथा खानपिनमा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने छन् ।
जिन्दगीको निरन्तर भागदौडमा थकित तन र मनलाई सक्रियशील राख्न लगायत शारीरिक स्फूर्ति एवं मानसिक उर्जा र सचेतना पूर्णजागरणका लागी विश्राम अत्यावश्यक रहेको छ कुरालाई मध्यनजर गर्दै, कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्य मार्फत द बर्गर हाउसका विभिन्न सेवाहरुमा बैंकका डेबिट÷क्रेडिट कार्ड वाहकहरुलाई आकर्षक छुटको व्यवस्था गरेको हो ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४९ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ९, २०७९ २०:०१