होस्टन–अमेरिकाको दक्षिणी क्षेत्रमा आएको शाक्तिशाली आँधीका कारण कम्तीमा ११ जनाको मृत्यु भएको छ । आँधीसँगै कडा हावाहुरी र बाढी पनि आएकाले मानवीय क्षति भएको अधिकारीले जानकारी दिएका छन् । घटनामा परी मृत्यु भएकामध्ये एक जना प्रहरी र एक जना उद्धारकर्तासमेत रहेका जनाइएको छ । टेक्सासको लुब्बुकमा शनिबार बिहान उनीहरूको मृत्यु भएको हो ।
त्यसैगरी ओक्लाहोमामा पनि बाढी र बर्षासँगै आँधी आएको थियो । त्यस क्षेत्रमा खटिएको गस्ती टोलीले शनिबार दिएको जानकारीअनुसार आँधीका कारण सवारी साधन बाटोमै रोकिएका थिए । वृद्धवृद्धाको एउटा जोडी शनिबार लुइसियानानजिकै शनिबार मृत अवस्थामा भेटिएका छन् भने अर्का एक जनाको इओवामा मृत्यु भएको छ ।
आँधीपछि टेक्सासदेखि ओहियोसम्मका हजारौ घरमा विद्युत सेवा अवरुद्ध भएकाले लाखौँ मानिस विद्युत् सेवा बिहिन अवस्थामा रहेका छन् । त्यसैगरी कतिपय राजमार्ग बन्द भएका छन् । विषेशगरेर ओक्लाहोमा र अर्कान्सासमा बाढी आएकाले बाटो बन्द भएका हुन् ।
त्यसैगरी सिकागोका दुई अन्तरराष्ट्रिय विमानस्थलबाट उड्ने एक हजार २०० भन्दाबढी उडान सेवा स्थगित भएको अधिकारीले जनाएका छन् । विमानस्थलका अधिकारीका अनुसार ओहारे अन्तरराष्ट्रिय विमानस्थलबाट मात्रै ९५० भन्दाबढी उडान स्थगित भएका हुन् । शनिबार बिहानैदेखि आइतबार दिउसोसम्मका सेवा बन्द गरिएको उनीहरूले जानकारी दिएका छन् । शनिबार रातभरी र बिहानसम्म पनि बर्षा भएको उनीहरूले बताएका
छन् । (रासस÷सिन्ह्वा)