बेरुत–लेबनानका नयाँ प्रधानमन्त्री हसन दियबविरुद्ध शनिबार हजारौँले सडकमा प्रदर्शन गरेका छन् । राजधानी बेरुतमा रहेको प्रधानमन्त्री दियबकै घरनजिकै पुगेर प्रदर्शनकारीले प्रदर्शन गरेको जनाइएको छ ।
प्रधानमन्त्रीमा दियब नियुक्त भएकोमा उनीहरूले असहमति जनाएका छन् । भ्रष्ट राजनीतिक पार्टीको सहयोगमा उहाँ प्रधानमन्त्री भएकाले उहाँलाई अस्विकार गरिएको उनीहरूको भनाइ छ । अहिलेको सरकारले पनि देशको आर्थिक चुनौतीलाई सामना गर्न नसक्ने भएकाले विरोध गर्नु परेको आन्दोलनकारीले बताएका छन् । आन्दोलनकारीको मागलाई सरकारले बेवास्ता गरिरहेको एक आन्दोलनकारीको आरोप थियो । प्रदर्शनकारीले देशव्यापी आन्दोलनको तयारी भइरहेको जानकारी दिएका छन् । उनीहरूले स्वतन्त्र व्यक्तिको सहभागीता सहिन सरकारको पुनःगठन गर्न माग गरेका छन् ।
देशलाई आर्थिक सङ्कटबाट बाहिर निकाल्न उनीहरू सक्षम रहने आन्दोलनकारीको दाबी रहेको छ । नयाँ प्रधानमन्त्री दियब भने सरकार पुनःगठनका लागि असफल हुँदै आएको छ । उनलाई सघाएका विभिन्न दलको दवावका कारण उनले सरकार पुनःगठन गर्न नसक्नु भएको हो ।
लेबनान अहिले आर्थिक कारणले खतरापूर्ण अवस्थामा रहेको छ । असफल राजनीतिक नेताका कारण मुलुक यो अवस्थामा पुगेको आन्दोलनकारीको भनाइ
छ । (रासस÷सिन्ह्वा)