काठमाडाैं - सिद्घार्थ बैंक लिमिटेड र नेपालगंज स्थित कल्पतरु होटल एण्ड कौशिकी बैंकेट बीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगंज शाखा प्रमुख किरण राणामगर तथा कल्पतरु होटल एण्ड कौशिकी बैंकेटका तर्फबाट प्रबन्ध निर्देशक श्री कन्हैया लाल वैश्यले हस्ताक्षर गरि सम्झौता भएको हाे ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले कल्पतरु होटल एण्ड कौशिकी बैंकेटमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङमार्फत होटल बसाई तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा ३०५ सम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५५ सम्मको छुट प्राप्त गर्न सकिने जनाइएकाे छ ।
यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ माध्यमतर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएकाे छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९ १५:२४