काठमाडौं- कोभिड १९ विरुद्धको फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको लागि प्रभावकारी भएको पाइएको छ ।फाइजर आफैंले गरेको अध्ययनबाट छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई फाइजर खोप ७३ प्रतिशत प्रभावकारी रहेको देखाइएको हो ।
यो खोप लगाएका ७३ प्रतिशत बालबालिकालाई कोरोना भाइरसको सङ्क्रमण हुनबाट बचाएको दाबी गरिएको छ ।अमेरिकी खाद्य तथा औषधी प्रशासनले आपतकालीन अवस्थामा मात्रै यो खोप लगाउन सिफारिस गरेको थियो ।
अध्ययनले खोप प्रभावकारी देखिएपछि बालबालिकाहरूलाई खोप लगाउन प्रेरित गर्न पनि उनीहरूले सुझाव दिएका छन् । विश्वका धेरै देशमा फाइजर खोप पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई पनि लगाइदै आएको छ ।
यस अध्ययनले खोपलाई निरन्तरता दिदै विस्तार गर्न थप उत्प्रेरित गर्ने भएको छ । स्वास्थ्य अधिकारीहरूले आपतकालीन अवस्थामा मात्रै पाँच वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई खोप लगाउन सुझाव दिने गरेपनि अब भने यो खोप सबैलाई नियमित रुपमा लगाउन फाइदाजनक नै हुने देखाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १०, २०७९ १७:१५