काठमाडौं– काठमाडौं महानगरको डोजर आज शनिबार वनस्थली ढुंगेधारामा पनि चलेको छ । अवैध र अनधिकृत रुपमा प्रयोग भइरहेका घर/टहरा भत्काउने कामलाई काठमाडौं महानगरपालिकाले निरन्तरता दिएको छ ।
महानगरले वनस्थली चोकबाट ढुङ्गेधारा जानेतर्फ रहेको अनधिकृत घर टहरा भत्काउन थालिएको जानकारी दिएको हो ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गामा रहेको, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानबाट भत्काउन सुरु गरिएको हो ।
सो स्थानमा अनधिकृत ७ वटा टहरा भत्काइएको छ । यस्तै सडकबाट नै घरमा राखेको ३ वटा भर्याङ, एउटा घरको बलेसी भत्काएको महानगर प्रहरीले जानकारी दिएको छ ।